टोस्टमास्टर्स क्लब झापाको अध्यक्षमा पुष्पाञ्जली

0
50

बिर्तामोड , टोस्टमास्टर्स क्लब झापाको अध्यक्षमा पुष्पाञ्जली ठकुरी सिन्हा निर्वाचित भएकी छन् । हालै सम्पन्न दोस्रो वार्षिकउत्सवबाट सिन्हा सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी हुन ।
निवर्तमान जिल्ला निर्देशक अंकुर यादवको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको हो ।
पुष्पाञ्जली सिन्हा नेतृत्वको कार्यसमिति पदाधिकारीहरुमा शिक्षा उपाध्यक्ष मनोज गोयल, उपाध्यक्ष विनिता गोयल, जनसम्पर्क उपाध्यक्ष संकेत वंशल, सचिव रजत साहेवाला, कोषाध्यक्ष प्रियंका साबु, र सार्जेन्ट एट आम्समा स्नेहा अग्रवाल चयन भएकी छन् ।
टोस्टमास्टर्स इन्टरनेशनल, २२ अक्टोबर १९२४ मा ‘च्बउिज ऋ. क्mभमभिथ’ द्वारा स्थापना भएको गैरमुनाफामुखी शैक्षिक संस्था हो । जसले भाषण कला र नेतृत्व कौशल सिकाउँछ । यसको शाखा विभिन्न १४५ देशहरूमा रहेको छ भने यसको मुख्यालय अमेरिकामा रहेको छ ।
नेपालमा सन् १९९१ मा टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । हाल नेपालमा १ हजार तिन सय भन्दा बढी सदस्यहरु रहेका छन् ६० वटा क्लबहरू रहेका छन् ।
झापा टोस्टमास्टर्स क्लबमा २६ जना सदस्यहरु आवद्ध रहेका छन् । २७ जनवरी २०२१ मा झापामा क्लब स्थापना भएको थियो । यस क्लबको उदेश्य एक पारस्परिक सहयोगी र सकारात्मक सिकाइ वातावरण प्रदान गर्नु हो जसमा प्रत्येक सदस्यले सञ्चार र नेतृत्व कौशल विकास गर्ने अवसर पाउँछन, जसकोे फलस्वरूप उनीहरुको आत्मविश्वास र व्यक्तिगत विकास गर्नु क्लबकी अध्यक्ष पुष्पाञ्जली सिन्हाले बताइन ।
कार्यक्रममा विभिन्न श्रेणीमा सदस्यहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा क्लबका सदस्यहरूले नृत्य, गायन, सरप्राइज गिफ्ट ह्याम्पर आदि प्रस्तुति दिएका थिए ।
क्लबको यस अघि डा. सन्ध्या राठी अध्यक्ष रहेकी थिइन । क्लबले सिम्फनी २.० अभियान अघिसारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here