पथरीशनिश्चरे ८ का विभिन्न टोल टोलमा परिचय पत्र नवीकरण तथा बृक्षारोपण संग-संगै

0
66

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका -०८को वडा कार्यलयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको परिचयपत्र टोल टोलमा गएर नवीकरण गर्ने कार्य सुरु गरेको छ।

बुधबार वडा भित्रको मंगलबारे टोलबाट लाभग्राहीको परिचय पत्र नवीकरण गर्ने कार्यको शुभारम्भ भएको हो ।उक्त नवीकरण शिविरमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरूलाई सजिलो होस् भन्नै उदेश्यले सो शिविर संचालन गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो।

शिविर अवधि भरी निबेदन समेत कर्मचारी र जनप्रतिनिधिहरुले नै लेखिदिने गरिएका छन्। परिचय पत्र नबीकरण शिविर संचालन हुने बिषयमा वडाले एक सूचना सार्वजनिक गरेको छ। उक्त सूचना अनुसार साउन ०४ गते दुर्गा आधारभूत विद्यालय, दोहलु शुक्रबारेमा ,७ गते मिलन चोक र ८ गते सोमबारेमा गरिने तालिका पनि प्रकाशित गरेको छ ।

यसैगरी , नगरकै सबैभन्दा दक्षिणमा अवस्थित सो वडाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुको लागि सामाजिक सुरक्षा भत्ता लिन सहजीकरण गर्दै गत बर्षदेखि शनिश्चरेको सप्तकोसी बिकास बैंकमा सारेको छ।त्यस अघि पथरी स्थित ज्योति बिकास बैंकबाट घण्टौं हिँडेर भत्ता लिन जानु पर्दथ्यो।

साथै ,बैंक जान नसक्ने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुको घरमै भत्ता पुर्याइदिदै आएको वडाध्यक्ष कार्कीले बताएका छन्। यसैगरी, सोहि वडामा निरन्तर वृक्षरोपण भैरहेको छ। वडा भित्रका सार्वजनिक स्थलहरुमा निरन्तर विभिन्न प्रजातिका बिरुवाहरु रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष कार्कीले जनाउनु भयो।

स्थानीय निकायको निर्वाचनमा बिजय भएर वडा कार्यालय प्रवेश गरेकै दिन वडा अध्यक्ष नवीन कार्की लाई आएको मत बराबर प्रत्येक मतदाताको नाममा बिरुवा रोप्ने भन्ने वडाले निर्णय गरे सँगै यो कार्यले निरन्तरता पाएको हो ।

गत आर्थिक वर्षमा करिव ८ सय वृक्षरोपण गरेको वडाले यो वर्ष ६ सय बिरुवा रोप्ने कार्य अगाडि बढाइरहेको छ । गत वर्ष सामुदायिक विद्यालय, मठ मन्दिर, माङ्हिम आदिमा वृक्षरोपण गरिएकोमा यो बर्ष आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक भवन, साप्ताहिक हाटबजार लगायतको क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here