बन्दी सहायता नेपालद्वारा दुई जना बालकको उद्वार

0
28

बिर्तामोड ।   

                                                               

माई नगरपालिका– ३ का दुई बालकलाई उद्धार गरिएको छ ।

आवाससहित शिक्षा स्वास्थ्य प्रदान गर्ने उद्देश्यका साथ असहाय बालकहरुलाई बन्दी सहायता नेपालले जिम्मा लिएको हो ।

गत जेठ १८ गते आफ्नै जेठाजुले बुहारीलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेपछि उनका दुई छोरा दिलन र डिगेन खाती बेसाहारा बन्न पुगेको थिए । उनीहरुका बुबा दिलबहादुर दुई वर्षअघि नै बलात्कारको मुद्दामा इलाम कारागारमा रहेको र जेठाजु बुहारी र नानीहरु सँगै बस्दै आएका थिए ।

केही दिनअघि बालकहरुलाई पालनपोषण गर्न कठिनाई भएको हजुरबुबा हजुरआमा पनि बालकहरुको व्यवस्थापन गर्न नसक्ने अवस्था रहेको भन्दै इलाम कारागार मार्फत उनका बुवा लगायत स्थानीय जनप्रतिनिधि र अभिभावकहरुले लाननपालन र शिक्षाका लागि बन्दी सहायता नेपालकी संरक्षक तथा उपसभामुख इन्दिरा राना मगरलाई अनुरोध गरेका थिए ।

बालकहरुको होम मदरले सबै समय हेर्न नसक्ने र सानालाई आफै हुर्काउने र पाँच बर्षपछि मात्र होम मदरलाई जिम्मेवारी दिने भएकाले हुर्काउनका लागि संस्थाका संरक्षक मगर, संस्थाका पूर्वाञ्चल सचिव रञ्जित परियार, माई नगरपालिका–३ का वडाध्यक्ष देवकुमार तामाङ्ग र बालकका हजुरबुबा दिलबहादुर खाती तथा स्थानीयको रोहवरमा संस्थाले बालकहरुको जिम्मा लिएको हो ।

उनीहरुलाई काठमाडौंस्थित संस्थाको बालगृहमा आवाससहित शिक्षा, स्वास्थ्यको व्यवस्थापन मिलाइ राख्ने संरक्षक मगरले बताइन् । बालकहरु अभिभावकसँग समय–समयमा तथा चाडपर्वहरुमा भेटघाट गराउने र अभिभावकहरु कैद भुक्तानी भएपछि अभिभावकसँग पुनर्मिलन गराउने उपसभामुख मगरले बताइन् ।

यसैबीच बालकहरुकी आमाको हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here