पथरीशनिश्चरेमा लागू औषध दुर्व्यसनीबाट जोगाउन खेलकुद सामग्रीहरू प्रदान

0
53

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरका विभिन्न वडाहरुमा रहेका खेलाडीहरू लागू औषध दुर्व्यसनीबाट जोगाउन खेलकुद सामग्री वितरण गरिएको छ।

शुक्रबार पथरी शनिश्चरे न.पा.-१ जाते मोडस्थित फुटवल ग्राउण्डमा हाम्रो फाउण्डेशनले खेलकुद सामाग्री वितरण गरेको हो। लागू पदार्थ दुर्ब्यासनकाे अन्त्य गरौँ, खेलकुदलाई प्राेत्साहन गरौं।”भन्ने मुख्य उदेश्यका साथ आयोजित कार्यक्रममा सो संस्थाले ७० हजार रुपैयाँ बढीको विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरिएको थियो।

१,२,४,७,९,१० लगायतका विभिन्न वडाहरुका १ सय ५० बढि फुटबल खेलाडीहरूको उपस्थितिमा १सय वटा फुटबल, जर्सी, जस्ता विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरिएको हाम्रो फाउण्डेशनका अध्यक्ष प्रदीप कुमार राईले बताउनुभयो।

फाउण्डेसनले २० वटा फुटबल, विफ ३५ थान, कोन साथै मार्कर २५ थान सहयोग गरेकोे छ । धेरै खेलाडीलाई प्रशिक्षण गराँउदै आएका क्लवलाई २ वटा फुटबलको साथै विफ, मार्कर र कोन बितरण गरिएको र कम खेलाडी भएको क्लवलाई एक एक वटा बल हस्तान्तरण गरिएको थियो ।

पथरीशनिश्चरेका पूर्व मेयर दिलीप कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीले खेलाडी, स्थानीय सर्वसाधारण तथा भद्रभलादमीहरूको उपस्थितिमा लागू औषध दुर्व्यसनीबाट कसरी जोगिने उपायहरु सुझाउनु हुदै प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

खेलकुदको माध्यमबाट यूवाहरूलाई लागुऔषध दुर्व्यसन हुनबाट बचाउँन र उनीहरूको खेल प्रतिभा खोजी गर्दै क्षमता अभिवृद्धि गराउने उद्देश्यले खेलकुद सामग्रीहरू प्रदान गरिएको थियो। ति सामग्रीहरू किनेर वितरणका लागि फाउण्डेशनका ५ जना सहित मनकारी सदस्यहरूले आफ्नो स्वेच्छाले रकम उपलब्ध गराउनु भएको थियो।

सोहि अवसरमा खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनहरुमा पनि निरन्तर जारी राखिने सो संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो। उक्त वितरण कार्यक्रमको संयोजन यूवा सुमन कुरूङ्वाङले गर्नुभएको थियो भने कार्यक्रमको संचालन फाउण्डेशनका अध्यक्ष प्रदीप कुमार राईले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here