चीनमा युवाहरूले विवाह गर्न छोडेपछि सरकार तनावमा

0
42

काठमाण्डौं ।

चीनमा युवाहरूले विवाह गर्न छोडेपछि सरकार तनावमा परेको छ। न्यूयोर्क टाइम्सका अनुसार चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट लेअफलगायतका कारण युवाहरु विवाहबाट भागिरहेका छन्।

पछिल्लो एक दशकमा चीनमा विवाह गर्नेको संख्या आधामा झरेको छ । गत वर्ष करिब ६८ लाख जोडीले विवाह दर्ता गरेका थिए । १९८६ देखि यता यो संख्या सबैभन्दा कम हो। अघिल्लो वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ४० हजार बढी जोडीले विवाह गरेका छन् भने १ लाख २७ हजार बढीले सम्बन्धविच्छेद गरेका छन् ।

युवाहरू चीनको कठोर शिक्षा प्रणालीमा बच्चा जन्माउने बोझबाट डराउने गरेका छन्। धेरै पुरुषहरूले आर्थिक रूपमा असुरक्षित महसुस गरेकाले विवाह गर्न ढिलाइ गरेको बताउँछन्। त्यहाँ महिलाहरु भन्दा ३५ लाख बढी पुरुष छन्। जसका कारण विवाहमा आर्थिक प्रतिस्पर्धाको भावना बढ्दै गएको छ ।

विवाह अघि घर र कार राख्नुपर्ने दबाबका कारण पुरुषहरू विवाहबाट भाग्ने गरेको वताईन्छ। धेरै युवाहरूमा परिवार बनाउने सोचमा परिवर्तन आएको छ। शहरी क्षेत्रमा २५ देखि २९ वर्ष उमेरका विवाह नगर्ने महिलाको संख्या सन् २००० मा ८.६ प्रतिशत थियो। २०२० मा वढेर ४०.६ प्रतिशत पुगेको छ।

विवाह गर्नेको संख्या लगातार घटेपछि चिनियाँ सरकार तनावमा परेको छ । सरकारले बिबाहलाइ प्रोत्साहन गर्ने गरी नयाँ नीतिहरू निर्माण गर्ने जनाएको छ । नेपालआज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here