कनकाई–१ का निर्वतमान वडाध्यक्ष पोख्रेलको निधन

0
51

बिर्तामोड ।

कनकाई नगरपालिका – १ का निर्वतमान वडाध्यक्ष रोशन पोख्रेलको निधन भएको छ ।

आइतवार विहान उनको निधन भएको बताइएको छ । ५२ वर्षीय पोखरेलका दुई छोरा र श्रीमती रहेका छन् । लामो समयदेखि मुखको क्यान्सर रोगबाट पिडित पोख्रेलको नेपालसहित भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

क्यान्सरका कारण सकिस्त भएका पोखरेललाई उपचारका क्रममा बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा लैजाने क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । पोखरेल गत २०७४ सालको स्थानीय निर्वाचनमा कनकाई १ नम्बर वाडबाट निर्वाचित भएका थिए ।

उनको आजै कनकाई माईमा अन्तेष्टी गरिने बताइएको छ । सरल स्वभावका पोख्रेलको निधन प्रति पूर्वाञ्चल डेली डटकम परिवार हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै परिवारमा गहिरो समबेदना ब्यक्त गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here