कमल ।

शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधी प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम आज एक औपचारीक कार्यक्रमका बिच समापन भएको छ ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजना झापाका भद्रपुर , विर्तामोड,कन्काई र शिवसताक्षी नगरपालिकाका तथा कमल र गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा ८० घण्टा सन्चालन भएको थियो । तालिमामा सहभागी ३८ जना शिक्षकले अनलाइन तथा भौतिक उपस्थितीमा तालिम लिएका थिए ।
“हामि तयार छौ., बालबालिका उत्सुक छन्, प्रविधि युक्त कक्षा कोठा आजको आवश्यकत” भन्ने नाराका साथ कमल २ स्थित श्री कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयको सभाहलमा एक औपचारीक कार्यक्रमका बिच तालिम समापन भएको हो ।

बढ्दै गईरहेको सुचना तथा प्रविधीलाई सदुपयोग गर्दै विध्यार्थिलाई आवश्यक पर्ने प्रविधि युक्त शिक्षण सिकाईलाई प्रभावकारी ढंग बाट कक्षा कोठामा विध्यार्थिको चाहाना अनुसार सिकाई गर्नकालागी यो तालिमले ठुलो सहयोग पुग्ने प्रविधी मैत्री शिक्षक समाज नेपालका अध्यक्ष भुपति वश्यालले बताए ।
तालिमका सहभागीलाई भूपति वश्याल, धर्मेन्द्र भट्टराई, घनश्याम अधिकारी,बालकुमार रेग्मी, टीकाप्रसाद सुवेदी लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम प्रविधी मैत्री शिक्षक समाज झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका अतिथी तथा सहभागिलाई समाजकी उपाध्यक्ष मैया दाहालले शाब्दिक शब्द द्वारा स्वागत गरेकी थिईन् भने कार्यक्रमको सन्चालन समाजका सचिव तिलक गजमेरले गरेका थिए ।





























