पथरीशनिश्चरेमा चोरीका घटना बढ्दै

0
38

पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटना बढ्दै गएपछि नगरपालिकाले शान्ति सुरक्षा विषयक छलफल कार्यक्रम गरेको छ ।

सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारी र सशस्त्र बेस क्याम्प शनिश्चरेका इन्सपेक्टर निराजन कार्कीसँग शान्ति सुरक्षाबारे छलफल गर्नुभएको हो ।

पछिल्ला केही दिन यता पथरीशनिश्चरे नगर क्षेत्रमा दिनदहाडै चोरी तथा ग्याङ फाइट हुन थालेपछि यस्ता अपराधिक घटनाहरूलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा गंभीर छलफल भएको थियो ।

छलफल पश्चात् अब उप्रान्त नगरका मुख्य मुख्य सडक चौक र भिडभाड हुने स्थानहरूमा सुरक्षा सतर्कता बढाइने भएको छ । यस्तै, लागूऔषध नियन्त्रणका लागि वडा वडामा विशेष कार्यक्रम र सुरक्षा बढाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here