युट्युवले सिकाएको तरकारी खेतीबाट वार्षिक १२ लाख कमाइ

0
43

विनोद सापकोटा,
झापा ।

शिवसताक्षी नगरपालिका–७ पिपलडाँडाका ज्ञानु प्रसाईँले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएकाछन् । तरकारी खेतीबाट हुने आम्दानीले प्रसाईँ परिवारको जीवनस्तर फेरिदै गएको छ ।

प्रसाईँ परिवारका चारै सदस्य खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । बारीमा आफुले सकेको काम बाबा आमालाई सघाउने गरेको छोरा प्रितम्ले बताए । श्रीमती रीता सिलवाल स्थानीय नीजि विद्यालयकी शिक्षिका हुन् । उनले पनि बचेको समय तरकारी खेतीमा विताउने गरेको बताईन् ।

एघार कठ्ठा जग्गामा उनले तरकारी खेती गरेर गरेका छन् भने ८ कठ्ठा जग्गामा माछा पालन गरेका छन् । उनका अनुसार तरकारी खेतीबाट वार्षीककरूपमा सरदर १२ लाख देखि १५ लाख सम्म आम्दानी सहजै गर्न सकिन्छ ।

उनका बारीमा यतिवेला लौका, करेला, भिण्डी, बोडी, पोइया लटरम्मै फलेको छ । पोखरीमा माछा पनि उत्तिकै फस्टाएको छ । खेतमा धान पनि हलहलाउँदो छ । बारीको तरकारी, पोखरीको माछा र खेतको धान हलहलाउँदोको एउटै कारण उनि रासायनिक मल प्रयोग गर्दा रहेनछन् । आफ्नै घरमा उत्पादन गरेको प्राङ्गारिक मलको कमालले लगाएको बालि फस्टाएको उनले बताए । उनले घारमा मौरी पनि पालेका छन् । मौरीको मह बेचेर पनि मनग्ये गर्छन् ।

प्रसाईँले दुई वर्ष उता १ विघा खेतमा धान खेती गर्थे । धान खेती गरेर आएको आम्दानीले परिवारको परिवर्तन हुँने छाँट नदेखेपछि उनले धान खेत मासेर तरकारी खेती गर्न थालेका थिए । उनका अनुसार एक विघा खेतमा दुखले ३० क्विन्टल धान फल्छ ।

‘खेती गर्दाको मल, वीउ, सिचाईँ, मजदुर खर्च त्यै धानलाई अरु उपाय नहुँदा बोकाउनै पर्यो । आम्दानीको आधा खर्च सोझै बाहिरिएपछि बचेको आधाले परिवारको वर्षभरीको गुजारा चल्न नसक्ने भएकाले धानखेत मासेर तरकारी खेती तिर आकर्षीत भएको भएको हुँ’ उनले भने ।

तरकारी खेतीबाट मनग्ये आम्दानी हुने छनक देखेपछि छिमेकीको १ विघा जग्गा पनि उनले ‘लिज’मा लिएर दुई विघा बनाए । उनले भने, ‘एक विघाको वार्षिक १ लाख साहुलाई बुझाउँछु र वार्षिक ६ लाख तरकारी खेतीबाट सबैखर्च कटाएर कमाउन सक्छु ।’

तरकारी खेती गर्दै जाँदा आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । प्रसाईँले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिएकाछैनन् । ‘अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिँके,’ उनले भने, ‘युट्युवमा भारतीय किसानले गरेको तरकारी खेती मोवायलमाहेर्न थालेँ, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन संगै तरकारी खेती गर्ने रहर पनि बढ्न थाल्यो ।”


उनले मोवायलबाटै खेती गर्ने तरिकाको जानकारी लिन्छन् । कुन तरकारी बालीलाई कुन महिना, मल, पानी, कुन रोग लागे कुन औषधी लगाउने उनलाई मोवायलले पोख्त बनाएको छ । सातादिन सम्मको मौषमको पूर्वानुमान् पनि उनले आफ्नै मोवायलबाट हेरेर मल, पानी र औषधी प्रयोगको तालिका बनाउँने गरेकाछन् ।

प्रसाईँले लहरेबालीलाई थाङरो दिएका छैनन् । काँक्रा, बोडी, लौका, करेला, पोइया लगायतको तरकारीलाई उनले नाइलनको मसिनो डोरीको जाली बनाएका छन् । ५ फिट उचाईएको यो प्रविधि शिवसताक्षी नगरमा नौलो भएको कृषी शाखाले बताएको छ ।

शिवसताक्षीका पौरखी प्रसाईँले बैदेशिक रोजगारबाट फर्किएपछि तकारी खेती सुरु गरेका हुन् । १० वर्ष जति विदेशमा श्रम गरेर स्वदेश फर्किएका प्रसाईँले भने,‘ विदेशमा गुमाएको समयलाई स्वदेशमै उपभोग गरेको भए परिवारको आर्थिक अवस्था निक्कै सुध्रिने रहेछ ।’

परिवारको घरखर्चसँगै दुई छोराको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट चल्ने गरेको उनी बताउँछन् । ‘विदेश जाँदा, नानीहरुलाई अध्ययन गराउँदा ७ लाख बैँकबाट ऋण लिएको थिए । तरकारी खेतीबाट एकै वर्षमा बैंकको ऋण तिरेको उनले बताए ।

उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उनले बताए । उनले उत्पादन गरेको तरकारी झापाका सुरुङा, दुधे, झिलझिले, दमक लगायतका कृषी बजारमा पुग्ने गरेको छ । ‘पैकारी घरैमा आएर किनेर लगे भने प्रति केजी १० रुपैयाँ सस्तो हुन्छ । मैले आफै बजार पुर्याए भने १० रुपैयाँ प्रतिकेजी स्वत महङ्गिनछ,’ उनले भने ।

उनको तरकारी खेती देखेर छिमेकीले पनि आउँदो वर्षदेखि धान खेत मासेर प्रसाईकैै शैलिको तरकारी खेती गर्ने योजना बनाएका छन् । भारतीय तरकारीको आयात कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने किसानको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था सरकारका तीनै तहले गर्नुपर्ने उनले बताए ।

शिवसताक्षी नगरपालिका तरकारी खेतीका लागि उपर्यृक्त हावा, पानी र माटो भएको पालिका हो । नगरका प्रत्येक वडाले कृषिसम्बन्धी सम्भाव्यता अध्ययन गरी ‘प्याकेज’का रूपमा कार्यक्रम सञ्चालन गर्न सकिने पालिका भएको वडा अध्यक्ष मनोज खुलालले बताए ।

उनले भने, ‘किसानलाई राहत, अनुदान र प्रोत्साहनका कार्यक्रम संचालन नगरले गर्ने हो भने परम्पारागत धान खेती छोडेर आधुनिकत तरकारी खेती तर्फ किसान आकर्षित हुने थिए ।’ नगरका वडा नम्बर ३, ४, ५, ६ र ७ बाह्रमास तरकारी खेती हुने क्षेत्र हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here