लागूऔषधसहित पाँच जना पक्राउ

0
41

बिराटनगर ।

मोरङ र झापाका छुट्टा–छुट्टै स्थानहरुबाट अबैध लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका–१६ हुलास चौकमा भारतबाट नेपालतर्फ आउदै गरेका पैदलयात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६एम्पुल लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरेनगरपालिका १ रत्नचोकबाट २१ बर्षीय शैलेस गुरुङलाई शंका लागेर चेकजाँचगर्दा उनको साथबाट एक ग्राम एक सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुररोडबाट एक ग्राम एक सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बिकलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here