सुरुङ्गामा पीटीई सम्बन्धि निःशुल्क सेमिनार हुँदै

0
86

बिर्तामोड ।

विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई भाषा परिक्षामा सहजता होस् भन्ने उद्धेश्यले झापाको सुरुङ्गामा एक दिने सेमिनारको आयाोजनाा गरिएको छ ।

भाषा परीक्षामा सहजा होस् भनेर पीटीई (PTE) गरिरहेका विद्यार्थीलाई लक्षित गरेर विज्ञहरुको टोलीले निःशुल्क रुपमा प्रशिक्षण दिन लागेको टेस्ला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक मिलन ओलीले जानकारी दिए ।

भाषा परीक्षा पीटीई (PTE) गरिरहेका विद्यार्थीलाई लक्षित गरेर पीटीई सम्बन्धिका नेपाल प्रमुख सुमनकृष्ण श्रेष्ठ र पीटीईका विज्ञ प्रशिक्षक श्यामसन अधिकारी लामाले आगामी शुक्रबार बिहार ११ बजेबाट ३ बजेसम्म पिीटीईमा अप्नाउनु पर्ने विधी तथा पीटीईको परीक्षामा सोधिने प्रश्न, उत्तर दिँदा ध्यान दिनुपर्ने विषयमा निःशुल्क रुपमा प्रशिक्षण दिने सञ्चालक तथा प्रबन्ध निर्देशक ओलीले बताए ।

इक्यान झापाका अध्यक्ष समेत रहेका ओलीले सुरुङ्गामा केही समयअघि मात्रै टेस्ला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् । विदेशका विभिन्न विश्व विद्यालयमा गरिने अध्धयन प्रक्रिया तथा विदेशको शैक्षिक क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने उद्धेश्यले सञ्चालनमा रहेको पराशर्म सेन्टर कन्सल्टेन्सीले विद्यार्थी तथा अभिभावलाई लक्षित गरेर विभिन्न सेमिनार तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here