चिनियाँ परराष्ट्रमन्त्री काङ बर्खास्त

0
49

काठमाडौँ,

चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन् । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले यसबारे समाचार सम्प्रेषण गरेको छ ।

तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए । तर उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन ।

राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

साथै अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले सम्हाल्नेछन् । नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन् । उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए । गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए ।

५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए । राजदूतको पद सम्हालेपछि उनी परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् ।

पछिल्लो पटक जकार्तामा भएको दक्षिण एसियाली राष्ट्रहरूको संगठन (आसियन)को सम्मेलनमा पनि काङ स्वास्थ्य समस्या कारण देखाउँदै परराष्ट्रमन्त्रीको रुपमा सहभागी थिएनन् ।

उनको रहस्यमयी अनुपस्थितिले पनि उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको पक्षबाट बाहिर गएको हुनसक्ने बताइन्छ । तियान्जिनका स्थायी बासिन्दा रहेका काङ १९८० देखि नै चीन सरकारमा रहँदै आएका थिए । विशेषगरी विदेश मामिलामा उनको भूमिका रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here