चारआली ।

पातञ्जल योग जिल्ला समिति झापाको आयोजनामा पाँच दिवसीय योग शिविर शुरु भएको छ ।
भद्रपुर–१० स्थित दुर्गा पञ्चायत मन्दिर धनुषमोडमा शुरु भएको शिविरलाई झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले उद्घाटन गर्दै पातञ्जल योग समितिको झापा जिल्लाको गतिशिलता प्रभावकारी रहेको बताउँदै हरेक व्यक्तिले स्वास्थ्यमा आत्मनिर्भर रहन योग नियमित रूपका गर्नुपर्ने बताए ।
नेपाली सैनिक क्याम्प, अरिदमन गण चारआलीका गणपति इमेज मेहर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । शिविरको उद्घाटन कार्यक्रमका सभापति पातञ्जल योग जिल्ला समिति झापाका अध्यक्ष श्याम ल्वागुन गरेका थिए ।
जिल्ला आयुर्वेद अस्पताल भद्रपुरका प्रमुख डा. अनिल यादव, पातञ्जल कोशी प्रदेश अध्यक्ष केशव ताम्रकार, नेपाल–भारतमैत्री समाजको केन्द्रीय सदस्य ज्योती न्यौपाने, दुर्गा पञ्चायन मन्दिर समितिका सचिव शालीग्राम नेपाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पातञ्जल योग जिल्ला समिति सचिव टेकेन्द्र ढकालले पारेका थिए । योग प्रशिक्षकद्वय कोपीला दाहाल र टीका पौडेलको सहजीकरण रहेको कार्यक्रममा मातृ भजन समूहकी अध्यक्ष पद्मा चापागाईसहित ५० भन्दा बढी महिला र १५ जना पुरुषको शिविरमा सहभागिता रहेको थियो ।































