कमल ।

झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको वासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाएको छ ।
डेंगु रोग डेंगु भाईरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने भएकोले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामुखुट्टेको वासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तिब्र बनाएको हो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई सहित दुई जनामा डेंगु रोगको संक्रमण देखा परी सकेकोले सबैले सचेतहुनुपर्ने कमल गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी दिपक दाहालले बताए ।

एडिज जातको लामखुट्टे थोरै मात्र पानी जम्मा भएको भाँडामा समेत फुल पर्ने भएकोले घर भित्रका गमला , फ्रिज, कुलर एसी तथा घर बाहिर रहेका पुराना टायर तथा पानि जम्मा भएको ठाउँहरुमा खोजि सफा गरी लामखुट्टेको फुल नष्ट गरिएको स्वास्थ्यकर्मीले बताए ।
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने गर्दछ । त्यसमा पनि बिहान र साँझको समयमा बढी टोक्ने सम्भावना भएकोले बिहान, दिउसो राती जुनसुकै बेलामा झुल लगाएर मात्र सुत्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

डेंगु रोगका लक्षणमा उच्च ज्वरो आउने, जोर्नी , मांशपेशी , आँखाको गेडी र टाउको बेस्सरी दुख्ने, शरीरमा राता विमीराहरु आउने वाकवाकी लाग्नुका साथै वान्ता समेत आउन सक्ने गर्दछ । यदी यस्तो लक्षण देखा परे तुरुन्तै चिकित्सकको सल्लाह लिई थप उपचार गर्नुपर्ने स्वस्थ्यकर्मीले बताएका छन् ।































