आरसी सर रहेनन्

0
122

सुरुङ्गा।

शिक्षाकर्मी र राजनीतिकर्मीको उज्यालो छबि बनाएका रामचन्द्र थपलिया ( आरसी सर) को निधन भएको छ ।

तेह्रथुम,आठराई ,चुहानडाँडा पुर्ख्यौली घर भई हाल झापा सुरुङ्गा निवासी ७१ वर्षीय थपलिया लामो समयदेखि मिर्गौलासम्बन्धि रोगबाट थलिएका थिए। शारदा मावि, चुहानडाँडाका पूर्व प्र. अ. थपलिया आरसी सरको नामबाट परिचित थिए ।

संघर्षको अर्को नाम हो आर सी थपलिया ,जो अस्वस्थ भएर काठमाडौ वीर अस्पतालमा उपचार गर्न लगिएकोमा डाक्टरको सुझाव, उनको इच्छा, मनोबल र पारिवारिक निर्णयअनुसार एम्बुलेन्समार्फत झापा घर ल्याउने क्रममा गाईघाट आइपुग्दा बुधबार बिहान उनको निधन भएको थियो ।

पञ्चायतकालदेखि नै उनी निष्ठावान तेह्रथुमका कम्युनिस्ट नेता सूर्य कन्दङवाको सङ्गतबाट वाम विचारतर्फ आकर्षित भएका थिए । उनी नेकपा मालेका जुझारु सङ्गठक थिए भने हाल नेकपा एमाले काेशी प्रदेश समितिको सचिवालय सदस्य थिए । उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वी नेपालका एक अग्रणी नेता थिए ।

बुधबार साँझ उनको कनकाई घाटमा दाह संस्कार गरिएको थियो । उनका पत्नी, २ छोरा र १ छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here