चोरीका घटनाहरु बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित

0
110

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ ।

मंगलबार इप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरी गस्तीलाई तिब्र बनाइएको हो ।

चोरीका घटनालाई नियन्त्रण तथा शान्ती सुरक्षाको विषयमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले साउन ८ गते सुरक्षा निकायका प्रमुख सहित छलफल गर्नुभएको थियो । उक्त बैठकमा इप्रका पथरीका प्रमुख लक्ष्मी भण्डारी, ससत्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरीक्षक निरञ्जन कार्की र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहित छलफल भएको थियो ।

साइकल गस्ती चौक टोल बैंकलाइनमा सडक गस्ती तथा प्रहरीको गाडीमा पेट्रोलिङलाई थप बाक्लो बनाउँदै सुरक्षा व्यवस्थालाई मजबुद बनाउदै लगिएको डिएसपी भण्डारीले जानकारी दिनुभयो । चोरीको घटना घटेमा वा शंकास्पद व्यक्ति देखिएमा तत्काल सम्पर्क गरी जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here