अर्जुनधारा ।

ग्रामिण भेगको आवाज र समस्यालाई निरन्तर उठाउन गर्दै आएको यलम्वर टाइम्स साप्ताहिक १६ औं वर्षमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगरपालिकाकै एक मात्र अखबार यलम्बर टाइम्स श्रावणको पहिलो हप्ताबाट १६ औं वर्षमा प्रवेश गरेको हो । यस क्षेत्रका जनताको सहयात्री बनेको यस साप्ताहिकले १६ औं वर्ष प्रवेश सँगै यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने समस्तग्राहक, विज्ञापनदाता, शुभचिन्तहरु प्रति आभार प्रकट गरेका छन् ।
गाउँको सारथी बनेरसमाचार सम्प्रेसणगर्दा जति सजिलो देखिएपनिव्यवसायिक रुपमा केहीकठिनाईहरुआउने गरेका सम्पादकदिपीन राईले बताए ।
यद्यपी गाउँको मायार सहयोग भने जुट्दै आएको उनले बताए । सम्पादकराईले गाउँमा रहेर खबरदारी र सुरक्षित गाउँनिर्माणकालागियलम्बर टाइम्स निरन्तर उभिरहेको बताउँदै आउने दिनहरुमा जनताको पक्षमा रहेर अगाडिबढ्ने बताएका छन् ।
१६औं वर्ष प्रवेशमा अखबार सञ्चालक तथा समावेशी प्रकाशन टीम उत्साहित भएको बताउँदै अझ उत्प्रेरणा थप्न ग्रामीण भेगमा रहेका विभिन्न संघ–संस्था तथा अखबारप्रेमी पाठकहरु साथै बुद्धिजिवीहरुको साथ र सहयोग उत्तिकै जरुरी रहेको जनाइएको छ ।
२०६४ सालबाट बिर्तामोडमा कार्यालय स्थापना गरी निरन्तर प्रकाशनमा रहेको यस अखबार २०७१ सालबाट भने स्थानीय अगुवाहरुको आग्रहमा अर्जुनधारा नगरपालिकामा रही ग्रामिण पत्रकारिता गर्दै आएको छ ।































