बिराटनगर।

खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खोटाङको खोटेहाङ गाउपालिका–६ कच्ची सडक खण्डमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ–३ का २३ बर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका–६ मा बा ६८ प ५८३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई–३ का २५ बर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
र्दुघटनामा घाईते भएका मोटरसाईकल चालक धरान–१५ का २६ बर्षीय सुरेन्द्र राईलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान तर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































