सुनसरी।

सुनसरीको दुहबी नगरपालिका–२ मा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
आफ्नै घरमा सिटी सफारी चार्जमा राखेको अवस्थामा कुशुमलाला साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए ।
उनलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।































