बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालयको आरआईटी समुह र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उप–महानगरपालिका–८ मा लागूऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आईआरटी समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय साजन बिक,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरलाई दुई ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका–४ मा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतिय नागरिक ७० बर्षीय भल्लु पासवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट चार ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































