एम्बुलेन्समा राखेर नागरिकता

0
111

भगीरथ भण्डारी,
इलाम ।

इलाममा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई एम्बुलेन्समा बोकेर ल्याई नागरिकता दिइएको छ ।

माई नगरपालिका–७ का शक्ति लावतीलाई जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता दिइएको हो । प्रशासकीय अधिकृत हरि थापाले नागरिकता बनाउन आउँदा ल्याएको एम्बुलेन्समा नै आएर हातमा राखिदिएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पूर्णरूपमा अशक्त भएका र प्रशासन कार्यालयसम्म ल्याउन समस्या हुनेहरु पनि नागरिकताबाट वञ्चित हुनुहुँदैन भन्ने उद्देश्यले त्यस्तो कहीँ कतै भए सम्पर्कमा आउँदा आवश्यक प्रक्रिया पुरा गरी घरमै पुगेर पनि नागरिकता दिलाइ दिने बताए ।

उनले जिल्ला प्रशासन कार्यालयमा ल्याएका व्यक्तिलाई पनि शनिबार घरमै गएर नागरिकता दिने तयारीमा रहेको बताए । बस्न समेत नसमाई नसक्ने उनलाई माई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बुद्धि खनालको पहलमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय ल्याएको शक्ति लावतीका बुबा ललित लावतीले बताए ।

एम्बुलेन्सको बेडमा राखेर ल्याएका शक्ति लावतीको नागरिकता बनेपश्चात् राष्ट्रिय परिचय–पत्र पनि खिचिएको छ । माई–७ का वडाध्यक्ष खनालले आफ्नो वडामा भएका र समस्या परेको सबैलाई सहयोग गर्ने बताए । उनले यो नागरिकता लागि मात्र नभई मुटु, किड्नीको समस्या भएका बिरामी लागि अस्पतालसम्म नै पुगेर उपचारका लागि पनि सहयोग गरिरहेको बताए ।

२०६२ सालमा जन्मिएका शक्ति ओच्छ्यानमा नै सुतिरहने गर्दछन् । उनको हातखुट्टा चल्दैनन् र उनलाई एक्लैले बोकेर यताउता सार्न सकिँदैन । उनको रेखदेखका लागि परिवारको एक जनाले छोड्न नमिल्ने गरेको शक्तिकी आमा मनमाया लावती बताउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here