रामजानकीको आयव्यय सार्वजनिक

0
105

बिर्तामोड ।

बुद्धशान्ति–३ बुधबारेमा रहेको रामजानकी मन्दिरको २४औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

वार्षिक उत्सवको अवसर पारेर मन्दिरका अध्यक्ष टंक विकल्प काफ्लेले मन्दिरको वार्षिक उत्सवको अवसरमा आयोजित ब्रह्म महापुराणको आयव्यय सार्वजनिक गरेका छन् ।

अक्षयकोष वापत ३९ हजार पाँच सय ७५, आजीवन सदस्यता वापत एक लाख ६३ हजार दुई सय पाँच रुपैयाँ, श्रेयष्कर सदस्यता वापत ११ हजार एक सय ११, ब्लवक बिछ्याइ वापत दुई लाख ४२ हजार चार सय ४२, मण्डप भेटी वापत १३ हजार नौ सय ९३ र पुराण सहयोग वापत दुई लाख ९३ हजार चार सय ३६ रुपैयाँ आय रहेको अध्यक्ष काफ्ले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खर्चतर्फ खाद्य सामग्री ९० हजार तीन सय २५, पण्डाल तथा साउण्ड सिस्टम ५६ हजार, खानपिन व्यवस्थापन तथा सरसफाई ५८ हजार सात सय, छपाइ तथा प्रचारप्रसार ३१ छ सय २५, नौमती बाजा १३ हजार, बाद्यवादनतर्फ ५२ हजार, दानदक्षिणा ८६ हजार नौ सय ५५, पूजा सामग्री ४८ हजार छ सय ६५ र विविध खर्चतर्फ सात हजार चार सय ५५ रुपैयाँ खर्च भएको अध्यक्ष काफ्लेले बताए ।

आम्दानी र खर्चबाट तीन लाख १९ हजार ३७ रुपैयाँ बचत भएको अध्यक्ष काफ्लेले जानकारी दिए । उक्त रकम रामजानकी मन्दिरको व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here