२०७५ सम्ममा भारतले अमेरिकालाई पछाडि पार्ने भारत विश्वकै दोस्रो ठूलो अर्थतन्त्र

0
99

काठमाण्डौं ।

सन् २०७५ सम्ममा भारतले विश्वको महाशक्ति अमेरिकालाई पछाडि छोड्ने भएको छ ।

अमेरिकी बैङ्क गोल्डम्यान साक्सको अनुसन्धान अनुसार भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने छ ।

हाल भारत अर्थतन्त्रको हिसाबले पाँचौँ ठुलो राष्ट्र हो भने अमेरिका पहिलो स्थानमा रहेको छ ।

भारतको १ अर्ब ४० करोड जनसङ्ख्या विश्वको सबैभन्दा ठूलो भएकोले यसको जीडीपी नाटकीय रूपमा विस्तार हुने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार २०७५ सम्ममा भारतीय अर्थतन्त्रले जापान र जर्मनीसहित अमेरिकालाई पछि पर्नेछन् ।

चीन विश्वको पहिलो अर्थतन्त्र बन्ने अनुसन्धानले देखाएको छ । अर्थतन्त्रको हिसाबले चीन हाल दोस्रो ठूलो देश हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here