झापा, सामुदायिक विद्यालयमा दिदै आएको प्रति बिद्यार्थी १५ पन्ध्र रुपैयाँ बराबरको दिवा खाजा यस आर्थिक बर्ष ०८०बाट काटिएको छ।
यसबर्ष देखि कक्षा ७ सम्म दिनुपर्ने दिवा खाजाको सुबिधा नेपाल सरकारले काटिदिएको हो। मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जनाए अनुसार अब सामुदायिक बिद्यलयका कक्षा १देखि ५सम्मका बिद्यार्थीहरुले मात्र पाउनेछन। यस अघि गत आर्थिक वर्षदेखि कक्षा ६ले यो सुबिधा पाउदै आएको थियो।































