राष्ट्रको गौरव

0
77

गौरीको महिमा छ लोक भरमा, सारै प्रिय मान्दछौं
शोकैशोक छ पूर्ण प्रस्तुति मिठो, त्यै ज्ञान हो जान्दछौं ।

झर्रा शब्द मिठास भाव अति नै, लेख्यौ अहो सुन्दर
राम्रा उत्तम शिल्प साथ गुणले, साच्चै सजायौ घर ।

आयु पूर्ण शताब्दि पार गर्दैै, वैकुण्ठ बाटो लियौ
सयौं किर्ति अपार काव्य रसिला, यो राष्ट्रलाई दियौ ।

तिम्रा गुण हजार छन् मुलुकले, सम्मान राख्यो जति
बाँच्यौ राष्ट्रकवि भनेर दुनियाँ, जान्दो छ तिम्रो गति ।

लेख्यौ गीत मिठासपूर्ण रसिला, यो राष्ट्रका खातिर
पार्याै राष्ट्र विशाल सिर्जन दिई, उचो बनायौ शिर ।

तिम्रा सिर्जनमा बहन्छ खदिलो, यो राष्ट्रको गौरव
सारा देश उठेर लिन्छ खुकुरी, खुडा उद्याई अझ ।

गुञ्जन्छन् भिर–खोच–बस्तीहरुमा, अखण्डताको धून
ऋणी छौं सब देशबासी अहिले, बिर्सन्न तिम्रो गुन ।

जाऊ स्वर्ग खुल्ला छ मार्ग सब नै, स्पष्ट झैं दर्पण
राखी पुष्प हजार अञ्जुल यहाँ, श्रद्धाञ्जली अर्पण ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here