अल कायदाले आतंकवादी हमला गर्नसक्ने संयुक्त राष्ट्र संघको भनाई

0
54

एजेन्सी ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खाजिरहेको सुरक्षा परिषद्को अनुमान छ ।

परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २ सय लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् ।

यसपछि अलकायदाले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । राष्ट्रसंघको रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here