सुन प्रकरण : चिनियाँ नागरिक लिन बस्ने घरमा राजस्वको छापा

0
42

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले सय किलो सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिक जिक्वाङ लिन बस्ने लाजिम्पाटस्थित घरमा छापा मारेको छ ।

विभागको टोलीले बिहीबार लिनको गोदाममा छापा मारेर घडी र रेजर राखिएका सयौं कार्टुन बरामद गरेको थियो । त्यसपछि अहिले लिन बस्ने घरमा छापा मारेको हो ।

यसअघि बुधबार विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा फेला पारेको थियो । कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक सुजस्तै देखिएको राजस्व अनुसन्धानको टोलीले जानकारी दिएको छ । रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको विभागको भनाइ छ ।

६६ मध्ये करिब एक दर्जन कार्टुनबाहेक सबै खोलेको अवस्थामा रहेको छ । बरामद गरिएको कार्टुनमा सुनको गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातुको वस्तु पनि भेटिएको छ । आयात गरेको सुनलाई गहनाका रूपमा दिएर अन्यत्र लैजाने प्रयोजनका लागि यो साँचो ल्याइएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here