खरेलको नेतृत्वमा राधाकृष्ण भजन कीर्तन मण्डली

0
137

झापा,  बिर्तामोड नगरपालिका १ मा रहेको राधाकृष्ण भजन कीर्तन मण्डालीको अध्यक्षमा पूजा काफ्ले खरेल चयन भएकी छिन् ।
त्रिफला राष्ट्रिय पुस्ताकालयका केन्द्रिय अध्यक्ष प्रेमप्रकाश फलारीको प्रमुख आतिथ्यमा भएको तेस्रो साधारणसभाबाट उनी दुर्ई वर्षे कार्यकालका लागि चयन भएकी हुन् । उनी यस अघिको समितिमा सचिव पदमा कार्यरत रहेकी थिइन् । नव निर्वाचित पूजाले बीरता लेडी जेसीज लगायत विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरिसकेकी छिन् ।
कीर्तन मण्डलीको उपाध्यक्षमा हिमादेवी कडरिया चम्लागाई , सचिवमा रीता प्रसाईं भुर्तेल, सह सचिवमा पुष्पा अधिकारी ,कोषाध्यक्षमा लीलादेवी संग्रौला ,सह कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् ।
खिवलाल अधिकारी संयोजक तथा सुचित्रा धौराली र रुद्र संग्रौलाको निर्वाचन समितिले सर्व सम्मत किर्तन मण्डलीको सदस्यहरुमा कल्पना घिमिरे,जमुना संग्रौला,गोमा कुंवर ,हिमादेवी पौडेल, रोमा तिवारी चयन गरेको हो ।
कीर्तन मण्डलीको अध्यक्ष सीता गिरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । समितिको सह–सचिव भेषराज चम्लगांइले स्वागत गरेको कार्यक्रमको औचित्माथि प्रकाश उपाध्यक्ष रुद्रप्रसाद संग्रौलाले पारेको कीर्तन मण्डलीका साधारण सदस्य डिल्लीराम खरेलले जानकारी दिए । समितिको कोषाध्यक्ष गिता भुर्तेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा झापा जिल्ला पतनजली योग प्रशिक्षक देवीप्रसाद घिमिरे, पण्डित प्रेमप्रकाश रिजाल , नमुना टोल विकासको अध्यक्ष विजय बुढाथोकी लगायतले शुृभकामना मनतब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here