इलाम श्रीअन्तुको एक होटलमा हेटौंडाका सवारी चालक मृत भेटिए

0
117

सुनिता राई,
इलाम ।

इलामको सूर्योदय नगरपालिका–४, श्रीअन्तुमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।

हेटौंडा उपमहानगरपालिकाका सवारी चालकसमेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ अन्तुभञ्ज्याङको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ।

उपमहानगरका ८ कर्मचारीको टोलीसहित आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए। बिहान साढे ५ बजेतिर अरू साथीहरू उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको पशुपतिनगर इलाका प्रहरीका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here