चारआली ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलले योग साधनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आइतवार विहान ब्रम्हमूहुर्तको समयमा दुर्गा पञ्चायन मन्दिर धनुषमोड सभाहलमा सञ्चालित सातदिने योग शिविर समापन समारोहमा बोल्दै उक्त कुरा बताउनु भएको हो।
पातञ्जल योग समिति नेपाल झापा जिल्लाकार्य समितिद्वारा आयोजित योग शिविर समापन समारोहमा पातञ्जल झापा जिल्ला अध्यक्ष श्याम लुहागुन, सचिव टेकेन्द्र ढकाल, दुर्गा पञ्चायन मन्दिर समिति सचिव शालीग्राम नेपाल, नेपाल भारत मैत्री समाजकि केन्द्रिय सदस्य ज्योति न्यौपाने लगायतको बधाई तथा शुभकामना मन्तव्य रहेको समारोहमा नवगठित पातञ्जल योग भद्रपुर नगर समितिका पदाधिकारीलाई प्रमुख अतिथी नगर प्रमुख तथा योग गुरुहरुले पुष्प गुच्छा र अविर लगाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
नवगठित नगर समितिका पदाधिकारीमा अध्यक्ष खगेन्द्र चम्लागाई , उपाध्यक्ष शालिग्राम नेपाल , सचिव ज्योती त्यौपाने , सहसचिव नयाँनाथ पाण्डे , कोषाध्यक्ष तारा चम्लागाई र सदस्यहरु क्रमश किशोर पौडेल , यशोदा पौडेल , सन्ध्या न्यौपाने , सुनिता कटुवाल , जमुना फुयल, सुशिला दाहाल , सकुन्तला पोख्रेल र पदमा चापागाई रहेका थिए ।
कार्यक्रमको सभापति पातञ्जल योग भद्रपुर नगर समिति अध्यक्ष खगेन्द्र चम्लागाई थिए | शिविरलाई सहजीकाण सिटीभिटीका योग प्रशिक्षकद्वय कोपिला दुलाल र टिका पौडेलले गरेका थिए।






























