महेश्वरी महिला मञ्चद्वारा वृक्षरोपण

0
123

बिर्तामोड ।

महेश्वरी महिला मञ्च मेचीको आयोजनामा प्रगति सामुदायिक वन उपभोक्ता समिति अर्जुनधारा–११ मा वृक्षरोपण गरिएको छ ।

‘स्वच्छ हावा हरित समृद्ध धरा’ नारासहित मेघा मेडिसिनल ट्रे प्लानटेसन अन्तर्गत पूर्वाञ्चल क्षेत्रका झापा, इलाम, सुनसरी, मोरङ्ग लगायतका विभिन्न जिल्लामा हजारौं बिरुवा रोपिएको मञ्चकी सचिव सुधा तोसनिवालले बताइन् ।

प्रगति सामुदायिक वन उपभोक्ता समिति अर्जुनधाराले कालीझोडा नजिक तारबारसहितको स्थान उपलब्ध गराएको जमिनमा पाँच सय औषधीजन्य बिरुवाहरु निम, बेल, असोगन्धा, निलगिरी, रुद्राक्ष आदिको बिरुवा रोपिएको छ ।

मञ्चकी अध्यक्ष रीता चितलाङ्गियाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रगति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विकास निरौला, बिशेष अतिथि बन्दी सहायता नेपाल पूर्वाञ्चाल शाखा अध्यक्ष जगतबहादुर मगर, त्रिदेव क्याम्पसका अध्यक्ष हरिप्रसाद घिमिरे, स्वच्छ समाजका लागि सामाजिक अभियानका सचिव अभिचन्द्र बाँस्कोटा, महेश्वरी समाज मञ्चका अध्यक्ष महेश चितलिङ्गिया, संस्थापक सुधा गटानी लगायतको उपस्थिति रहेको थियो ।

स्वच्छ वातावरणका लागि स्वच्छ अक्सिजन सबैको उत्तिकै अधिकार भन्दै रुख हाम्रो जीवन भन्दै अतिथिहरुले सराहनीय कार्य प्रति मञ्चलाई शुभकामना व्यक्त गरेका थिए ।

यसैक्रममा बिर्तामोडको वृद्धआश्रम, अर्जुनधाराका जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, अरुणोदय आधारभूत विद्यालय लगायतका स्थानमा दुई हजार बिरुवा रोपिएको हो ।

अखिल भारत बर्षीय महेश्वरी महिला सगठनको पनि सहयोग रहेको साथै विद्यालय र वन समितिले सुरक्षित जमिन उपलब्ध गराएको भन्दै मञ्चकी अध्यक्ष चितलाङ्गियाले धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत सचिव तोसनिवालले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here