‘राजनीतिक निकासका लागि मात्रै सभामुखले राजीनामा दिन सक्ने’

0
50

बिर्तामोड ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोशी प्रदेशमा सरकार निर्माण गर्न सभामुखले राजीनामा दिनु नपर्ने बताएका छन् ।

सर्वाेच्च अदालतले संविधानको व्याख्या नगरेको अवस्थामा सभामुखले संवैधानिक, कानूनी र नैतिक रुपमा सरकार गठनका लागि राजीनामा दिनु नपर्ने मन्त्री किरातीले बताए ।

झापाको बिर्तामोडमा आइतवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले राजनीतिक निकासका लागि सरकार बनाउन अप्ठ्यारो परेको अवस्थामा मात्रै सभामुखले राजीनामा दिएर बाटो खुलाउन सक्ने बताए ।

उनले सबै दल मिलेर राष्ट्रिय सहमतिमा सरकार बनाउन सकिने समेत बताए । कोशी प्रदेशको सरकार गठनका लागि सहमतीय सरकार बनाउनुपर्ने मन्त्री किरातीको सुझाव छ ।

एक फरक प्रसंगमा बोल्दै मन्त्री किरातीले संसद अवरुद्ध गरेर कुनै पनि समस्याको समाधान नहुने बताए । उनले भने– संसदले नै नीति बनाउने हो तर यहाँ जे कुरामा पनि संसद अबरुद्ध भइरहेको छ । यो कार्य आफैमा गलत हो ।

नेकपा एमालेले संसद अबरुद्ध गरेर के गर्न खोज्या हो म तुच्छता पूर्बक केही भन्न चाहन्न– मन्त्री किरातीले भने । प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here