भद्रपुरकी सङ्गीता बहुविवाह मुद्दामा पक्राउ

0
56

भद्रपुर ।

साबिक पृथ्वीनगर- ४, हाल भद्रपुर नगरपालिका- २ की सङ्गीता जोगी प्रधान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन् ।

उनलाई झापा कारागार भद्रपुर चलान गरिएको छ । झापा जिल्ला अदालतले २०७१ पुस ७ गते बहुविवाह मुद्दामा सजाय तोकेपछि ३२ वर्षीया जोगी फरार थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here