झापा ।

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले मंगलबार अपरान्ह राजीनामा दिएका छन्।
काठमाडौंबाट विराटनगर फर्किएलगत्तै प्रदेश सभा सचिवालयमा पुगेर उनले राजीनामा दिएका हुन्। गौतमले आफ्नो राजीनामा पत्र प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई बुझाइसकेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई बहुमत जुटाउन राजीनामा दिनुपर्ने शीर्ष नेताको दबाबपछि गौतमले विराटनगर पुगेर राजीनामा दिएका हुन्।
काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडसहितका शीर्ष नेतासँग छलफल गरेका थिए। ती छलफलमा गठबन्धनको सरकारका लागि उनलाई पद त्याग्ने सुझाव आएको थियो।
छलफलका क्रममा उनले राजीनामा नदिने अडान राखेका थिए। गौतमले आफूलाई मुख्यमन्त्री बनाउने अवस्थामा मात्रै राजीनामा दिने अडान नेताहरुसँग राखेका थिए। तर उनलाई सभामुखबाट हटेपछि नयाँ क्याबिनेटमा मन्त्री बनाउने आश्वासन आएको छ।




























