इलाममा भोली पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण गरिदै

0
97

सुनिता राई,
इलाम ।

जिल्ला प्रशासन कार्यलय इलामले जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र विवरण शुरु गर्ने भएको छ ।

इलाम जिल्ला प्रशासन कार्यलय इलामका प्रमुख श्रवणकुमार पोखरेलका अनुसार साउन १८ गतेबाट परीक्षणको रूपमा ५०० जनालाई वितरण गर्ने गरी काम भएको छ ।

पहिलो चरणको वितरण प्रक्रियालाई हेरेर थप कर्मचारीको व्यवस्थां गर्दै अर्को चरणमा वितरण गरिने प्रशासनले जनाएको छ। उक्त कार्ड लिन औंठा छाप अनिवार्य भएकोले सवन्धित व्यति अनिवार्य उपस्थित हुनु पर्ने समेत प्रशासनले बताएको छ ।

हाल प्रशासनमा फारम भएकाहरुको मात्र कार्ड छापिएर आएको छ । परीक्षणको रूपमा ५०० जनाको नामावली प्रशासनले आफ्नो अफिशियल फेसवुक पेजमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here