इलाममा डेंगुको संक्रमण बढ्दै

0
108

इलाम ।

महामारीको रुपमा फैलिएको डेंगुसहित इलाममा भाइरल जन्य रोगको संक्रमण बढ्दै गएको छ ।

इलाम अस्पतालसहित जिल्लाका स्वास्थ्य केन्द्रमा साउन यता दिनहुँ जस्तो यस्ता विरामीको चाप वढेको छ । कोशी प्रदेशमा फैल्दै गएको डेंगुको संक्रमण पनि इलाममा बढ्दै गएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २० जना डेंगुका विरामी फेला परिसकेका छन् । इलामवाट सिधै झापालगायतका जिल्लामा रहेका अस्पतालमा पनि विरामी जाने गरेकाले यो संख्या अरु बढी हुने अनुमान गरिएको छ ।

सदमुकामस्थित जिल्ला अस्पतालमा पनि भाइरलजन्य रोगका विरामी आउने क्रम वढेको स्वास्थ्य निरीक्षक टिका लुइँटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here