झापामा ६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा

0
167

बिर्तामोड ।

झापा प्रहरीले कागजात बिनाको अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ११ बजे मेचीनगर नगरपालिका- १३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको थियो ।

अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका- ७ बस्ने १९ वर्षीय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइ सकेको डीएसपी रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here