उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाँउपालिकामा दुले चोरको बिगबिगी हुन थालेको छ ।
दुले चोरले गए राती कमल गाउँपालिका ३ बोहोरा टोल निवासी हेमबहादुर भण्डारीको घर बाट लाखौं मूल्य बराबरको समान चोरी गरेको बताइएको छ ।
चोरले रातको समयमा भण्डारीको घर बाट सुनको बेरुवा रिङ्ग चार थान‚ झर्के थाल तीन थान‚ स्टिल गिलास लगायतका समान चोरी गरेको छ । चोरी गरिएका सामानको मूल्य एक लाख रुपैयाँ भन्दा बढी रहेको भण्डारीले बताए ।
पछिल्लो समय चोरले स्थानीय ६ वटा घरबाट मोवाईल‚ कपडा‚ सुन खान पकाउने भाँडाकुँडा ‚थाल बोटुका लगायतका सामान चोरी स्थानीयले बताएका छन् ।
यसरी गाउँमा दुले चोरको बिगबिगी हुन थालेपछी स्थानीय बासीले वडा कार्यलयको ध्यानाकर्षण गराएको छन् । स्थानीयवासीले वडा कार्यले सँग सिसी क्यामेरा जडान‚रातको समयमा प्रहरीको गस्ती बढाउनु पर्ने तथा स्थानीय युवाहरूले आफै पनि आफ्नो एरियाको गस्ती गर्ने लगायतका विषयमा छलफल भएको हाम्रो टोल विकास संस्थामा अध्यक्ष आशिष लेछर्बोले जानकारी दिए ।
लागूऔषध प्रयोगकर्ताको कारण गाउँमा दुले चोरको बिगबिगी भएको हुन सक्ने स्थानियको बुझाइछ । दिनमा घरमा कोही नभएको मौका छोपी र रातको समयमा गर्मीका कारण झ्याल ठोका खल्ला राखेर सुतेका कारणले पनि चोरले चोरी गरेको सानुकेर्खा टोल विकास संस्थाका अध्यक्ष लेखनाथ सुवेदी बताए ।
दुले चोरको बिगबिगी हुन थाले पछि अब यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा वडा कार्यलयको ध्यानाकर्षण भएको छ । रातको समयमा प्रहरीको गस्ती बढाउने र स्थानीय युवालाई पनि परिचालन गरी समस्याको समाधान गर्ने तर्फ वडा कार्यालय लग्ने कमल गाउँपालिका ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष केशरा बर्देवाले जानकारी दिईन् ।































