कुटपिटको घटना प्रति मानव अधिकार सञ्जाल झापाको गम्भिर ध्यानाकर्षण

0
118

बिर्तामोड ।

मानव अधिकार रक्षक परिषद्का सदस्य तथा इन्सेक सप्तरीका जिल्ला प्रतिनिधि मनोहरकुमार पोख्रेलमाथि प्रहरीले निर्घात कुटपिट गरेको भन्दै मानव अधिकार सञ्जाल झापाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक राजेश्वर महतोले पोख्रेललाई कार्यालय परिसरमै कुृटपिट गरेको र दोषी उपर कारबार्ही गरिनुपर्ने सञ्जालको माग छ । मानव अधिकार ज्यादतीका पिडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको सदरमुकाम राजविराज पुगेका पोख्रेललाई महतोले कुटपिट गरेर घाइते बनाएको मानव अधिकार सञ्जाल झापा अध्यक्ष डा.रुपक खनाल र सचिव दिपक दासले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीको कुटपिटबाट पोख्रेलको आँखासहित शरीरका संवेदनशिल अंगमा चोट लागेकाले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको जनाइएको छ । मानव अधिकारको परिकल्पना गर्दै शान्ति सुरक्षा बहाल गर्नेे दायित्व निर्वाह गर्नुपर्ने प्रहरीले गुण्डा गर्दी शैलीमा बल प्रयोग गर्दै कुटपिट गरेको भन्दै कुटपिटमा संलग्न प्रहरी उपर कारबाही अघि बढाउन मानव अधिकार सञ्जाल झापाले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here