सुनिता राई,
इलाम।

जिल्ला प्रशासन कार्यालय इलामले पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजदेखि सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यलय इलामका प्रमुख श्रवणकुमार पोखरेलका अनुसार पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको हो।
पहिलो चरणको वितरण प्रक्रियालाई हेरेर थप कर्मचारीको व्यवस्थां गर्दै अर्को चरणमा वितरण गरिने प्रशासनले जनाएको छ। उक्तकार्ड लिन औंठा छाप अनिवार्य भएकोले सम्बन्धित व्यक्ति अनिवार्य उपस्तथत हुनु पर्ने समेत प्रशासनले सूचित गरेको छ ।
कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।






























