ज्याक माको एन्ट समूहलाई झण्डै १ अर्ब जरिवाना

0
105

काठमाण्डौं ।

चिनियाँ नियामकहरूले रेकर्ड ब्रेक सार्वजनिक प्रस्तावको लागि कम्पनीको प्रस्तावलाई रोकेको झण्डै तीन वर्षपछ चिनियाँ अधिकारीहरूले शुक्रबार वित्तीय टेक्नोलोजी दिग्गज एन्ट ग्रुपलाई करिब एक अर्ब अमेरिकी डलर जरिवाना तोकेका छन्।

न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार चिनियाँ अधिकारीले टेक्नोलोजी फर्महरूको तीव्र सरकारी छानबिनको सुरु गरेको थियो। उद्योगका लागि कडा नियमनको अवधि चीनको शीर्ष धितोपत्र नियामकले जरिवानाको घोषणाको साथ समाप्त हुँदैछ। जसलाई अधिकारीहरूले प्राविधिक कम्पनीहरूमा उनीहरूको सोधपुछ बन्द गर्दैछन् भन्ने संकेत मानिन्छ।

सन् २०२० मा ज्यामाको कम्पनी एन्ट माथिको आक्रमणपछि यसको भगिनी कम्पनी अलिबाबाले २.८ बिलियनको जरिवाना तिराएको थियो, जबकि राइड-हेलिङ कम्पनीले १.२ बिलियन जरिवाना तिर्नु परेको थियो।

चिनियाँ अधिकारीहरूले एन्ट र यसका सहायक कम्पनीहरूलाई ९८५ मिलियन जरिवाना लगाएको र कम्पनीलाई चिकित्सा लागतहरूको लागि क्राउडफन्डिङ प्लेटफर्म बन्द गर्न आदेश दिएका थिए।

एक विज्ञप्तिमा एन्ट समूहले २०२० देखि सक्रिय रूपमा व्यापार सुधार गर्दै आएको र जरिवानाका सर्तहरू सबै निष्ठा र इमानदारीका साथ पालन गर्ने बताएको छ।

एन्ट, संसारको सबैभन्दा ठूलो अनलाइन वित्तीय प्रविधि कम्पनीहरू मध्ये एक हो। यो सन् २०१४ मा स्थापना भएको थियो। चिनियाँ नियामकहरूले नोभेम्बर सन् २०२० मा एन्टको विशाल आईपीओलाई हङकङ र सांघाईमा अनुमानित अमेरिकी डलर ३४ बिलियन उठाउने कार्यक्रम हुनुभन्दा केही दिन अघि नै रोकेका थिए, जुन अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हुने अपेक्षा गरिएको थियो।

चिनियाँ अधिकारीहरूले एन्टलाई आफ्नो व्यापार सुधार गर्न एक महिनाको समय दिए। त्यसबेला, एन्टलाई देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले कानूनप्रति ‘उदासीन’ मानिएको थियो। कम्पनीलाई केन्द्रीय बैंकले पारदर्शिता बढाउन, कर्पोरेट सुशासन सुदृढ गर्न र होल्डिङ कम्पनी सिर्जना गर्न आदेश दिएको थियो.

ज्याकमाले सन् २०२० मा सार्वजनिक रूपमा चिनियाँ नियामकहरूको आविष्कार सीमित गरेको र अनावश्यक कानुनी अड्चन सिर्जना गरेको भन्दै आलोचना गरेपछि एन्टविरुद्धको अनुसन्धान सुरु भएको थियो। त्यही अवधिमा ज्याकमालाई केही समय अपहरणसमेत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here