बिर्तामोड ।

इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनले विपिन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ ।
झापाको भद्रपुर–९ स्थित भालूडाँगी चौरी (घोडामारा) मा एक कार्यक्रमका बीच २५ परिवार लाई खाद्यन्न वितरण गरिएको इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष मोनिका अग्रवालले जानकारी दिइन् ।
विभिन्न सामाजिक तथा सेवा मूलक कार्यक्रम गर्दै आएको इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनले विपन्न परिवारलाई सहयोग गर्ने उद्धेश्य राखेर खाद्य सामग्री चामल, दाल, चिनी, तेल, नुन तरकारी लगायत वितरण गरेको जनाइएको छ ।
इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष मोनिका अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नविन उप्रेती (सिद्धार्थ), घोडामारा प्रहरी चौकीका प्रहरी हवल्दार ज्ञानचन्द्र धामी लगायतको आतिथ्य रहेको थियो ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले औचित्य माथि प्रकाश पारेका किार्यक्रममा इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी पूर्व अध्यक्ष रेनु बंशल, जमुना भूषााल तथा संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चाालन इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सचिव लुना बस्नेतले गरेकी थिइन् । इनर ब्हील क्लव सय वर्ष पगेको अवसरमा यस वर्ष (स्माइल) मुस्कान कार्यक्रम अन्तरगत इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनले विपिन्न लाई सहयोग गर्दै यस वर्ष एक सय जनाको मुहारमा मुस्कान ल्यनाउने योजनाका साथ कार्यक्रम गरिरहेको अध्यक्ष अग्रवालले बताइन् ।































