झापामा आँखा पाक्ने रोगको प्रकोप:बिर्तामोडका विद्यालय बन्द

0
51

झापा ।

पश्चिम वंगाल र विहार राज्यसंग सीमा जोडिएको झापामा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । जसका कारण सबैभन्दा धेरै बालबालिका प्रभावित भएका छन् ।

आँखा पाक्ने रोगका कारण झापामा सञ्चालनमा रहेको आँखा अस्पतालहरुमा उपचार गराउनेको भीड लाग्ने गरेको छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । रोगको संक्रमण फैलिएसँंगै झापामा सञ्चालित केही विद्यालय समेत बन्द भएका छन् ।

मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीका अनुसार अहिले अस्पतालमा दैनिक पाँच सय विरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । ती मध्ये धरै बालबालिका रहने गरेका उनले बताए ।

यता बिर्तामोड आँखा अस्पतालमा पनि दैनिक पाँच / छ सय को हाराहारीमा आँखा पाकेका विरामी उपचारका लागि आउने गरेको अस्पतालका नेत्र सहायक विनोद दाहालले बताए ।

पूर्बी नाँका काँकरभिट्टा नजिकै रहेको मेची नेत्रालयमा दैनिक एक सयको हाराहारीमा आँखा पाक्ने समस्या लिएर आउने गरेको अस्पतालका नेत्र अधिकृत योगेन्द्र राउतले बताए । रोगको संक्रमण बढेसंगै काँकरभिट्टा आँखा अस्पताल, दिब्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, पूर्ण–टुङ्ग बिर्तासिटी अस्पताल, दमक अस्पताल, बीएण्डसी अस्पतालमा समेत आँखा पाक्ने रोगका संक्रमितहरुको भीड लाग्ने गरेको छ ।

संक्रमण बढेसँगै बिर्तामोड नगरपालिकामा रहेका तीन वटा संस्थागत विद्यालय बन्द भएका छन् । बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीका अनुसार बिर्तामोड – ७ मा रहेको कञ्चनजंघा इङ्लिस सेकेण्डरी स्कूल, बिर्तामोड–६ मा रहेको सरस्वती एन्जल इङ्लिस स्कूल, बिर्तामोड –५ स्थित टावर टेम्पल स्कूलले विद्यालय बन्द गरेका छन् । उनीहरुले सार्वजनिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here