नारी सञ्चारद्वारा पत्रकारलाई ‘मोजो’ तालिम

0
115

बिर्तामोड ।

नारी सञ्चार गृह झापाको आयोजनामा मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम बिहीबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले प्रत्येक ब्यक्तिको हातमा मोवाइल भएपनि अधिकांशले सामाजिक सञ्जाल चलाउन र फोन उठाउन मात्रै प्रयोग गरिरहेको बताउँदै यसको बहुउपयोग आवश्यक रहेको बताए ।

प्रत्येक नागरिकमा मोवाइलको पहुँच पुगेसँगै पत्रकारिताको ट्रेन परिवर्तन भएको भन्दै अध्यक्ष गिरीले अहिले श्रब्य वा पठनीय सामग्री मात्र नभई श्रब्यदृश्य सामग्रीतर्फ पाठकको रुची बढी देखिएको बताए । पत्रकारिताको विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै उनले पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धिमा तालिम महत्वपूर्ण हुने बताए ।

लगभग ३० जना प्रशिक्षार्थी रहेको तालिममा सहजीकरण गर्दै पत्रकार गणेशमान मुखियाले भिडियो कसरी खिच्ने, आम पब्लिकमाझ सार्वजनिक गर्नुअघि सम्पादन एवम् मिक्सिङ कसरी गर्ने जस्ता विषयमा सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पुष्प खड्का, प्रशिक्षार्र्थीका तर्फबाट तेस्पी भट्टराईले धारणा राख्दै तालिमबाट धेरै कुरा सिक्न पाएको बताए ।

उनीहरुले प्राविधिक विषयमा अझै प्रशिक्षणको आवश्यकता रहेको बताए । संस्थाका सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा औचित्य माथि कार्यक्रम संयोजक सञ्जु शिवाकोटीले प्रकाश पारेको कोषाध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here