झापा कारागारका कैदीबन्दी आन्दोलित

0
47

झापा ।

चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।

उनीहरुले कारागारभित्र आगजनी गरेका छन् । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरेका थिए । अहिले पनि अवस्था समान्य भइनसकेको जनाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ।  थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here