बिर्तामोडमा‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन शुरु

0
50

झापा ।

बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन शुरु गरेको छ ।

वडा नम्बर १० मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वकोखोप लगाउन शुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन शुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

सवै वडाका कृषकहरुको घर घरमापुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ ।१५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ ।

लम्कि स्किनरोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १०का वडाअध्यक्ष दूर्योधन गुरुङ्गले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताउनुभयो । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उहाँले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । वडाध्यक्ष गुरुङ्गले आफुले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्स्नि लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताउनुभयो ।

बिर्तामोडमा लम्कि स्किनकाकारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here