५७ जनाले गुमाए ज्यान,साढे ६ अर्ब भन्दा धेरैको क्षति

0
40

सुरेन्द्र भण्डारी,
झापा ।

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बाैं रुपैयाँको क्षति भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा बिपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

विपद्जन्य घटनाका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ३४ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी, पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष यो अबधिमा ५ जनाले ज्यान गुमाएका थिए ।

यता चट्याङका कारण आर्थिक वर्ष २०७९/०८०मा ९ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए । आगलागीका कारण आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८०भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८०मा १५/१५ जनाले ज्यान गुमाएका हुन् । हावाहुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाए तापनि आर्थिक वर्ष २०७७/०७८मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विपद्जन्य घटनामा परी कोशी प्रदेशमा हरेक वर्ष अर्बौं रुपैयाँको क्षति हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९/०८०मा मात्रै बाढी, पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँ बरावरको क्षति भएको हो । अघिल्लो आर्थिक वर्ष सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँ बराबरको क्षति भएको थियो । तर, आर्थिक वर्ष २०७९/०८०मा बाढीजन्य विपद्का कारण झण्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बाढीका कारण एक आर्थिक वर्षमा केशी प्रदेशमा तीन हजार ३८ घर समेत प्रभावित भए । बाढीले दुई हजार २ सय ८९ स्थानमा क्षति पु¥याएको थियो ।

त्यस्तै चट्याङ्का कारण पछिल्लो एक वर्षमा ९ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएकोमा आर्थिक वर्ष २०७९/०८०मा चट्याङ्का कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । चट्याङ्का कारण १९ घरपरिवार प्रभावित भएका थिए भने ९८ लाख ७४ हजार मूल्य बरावरको क्षति भएको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ७ घर प्रभावित हुँदा १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

यता आगलागीका कारण आर्थिक वर्ष २०७९ /०८०मा १५ जनाले ज्यान गुमाएका छन् भने एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँको क्षति भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ७ करोड ७५ लाख तीन हजार ४ सय ९६ रुपैयाँको क्षति भएको थियो ।

जंगली जनवारको आक्रमणमा परी कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/०८०मा १० जनाले ज्यान गुमाएका छन् । पूर्वका एक सय ५० स्थानमा जंगली जनावारको आक्रमणमा परी उनीहरुले ज्यान गुमाएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा समेत जंगली जनावारको आक्रमणमा परी ८ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो एक वर्षमा ९१ लाख ३ हजार तीन सय रुपैयाँ बरावरको धनमालमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यता हावाहुरीका कारण आर्थिक वर्ष २०७९/०८०मा १६ करोड १७ लाख ७० हजार रुपैयाँको क्षति भएको छ । मानवीय क्षति नभए पनि एक वर्षभित्र हावाहुरीका कारण १६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here