साउदीमा यातना भोगिरहेका चार महिलाको उद्धार

0
51

झापा।

झापासहित विभिन्न जिल्लाका चार महिलाको साउदीबाट उद्धार गरिएको छ । त्यहाँ यातना भोगिरहेका उनीहरुलाई साउदी अरेबियास्थित नेपाली दूतावास रियादले उद्धार गरेको छ ।

६ वर्षअघि अफिस किल्नरको रुपमा कुवेत पुगेका यी चार महिला एक महिनाको बसाइपछि उनीहरू घरेलु कामदारका रूपमा कुवेत हुँदै साउदी अरेबिया पुगेका थिए ।

उद्धार गरिएका महिला भन्छन्– २०७४ साल अघि गाउँमा एक एजेन्टले कुवेतमा राम्रो तलब सेवासुविधाको लोभ देखाएर कुवेत पठायो तर हामीलाई काम गर्ने कम्पनीको बारेमा केही थाहा दिएन । कुवेतमा एक अफिसमा १ महिनासम्म राखेर एक साउदीसँग मोलतोल गरी महिनाको ७००–९०० रियल दिने शर्तमा साउदीमा घरेलु कामदारको रूपमा पठायो ।’ छ वर्षसम्म काम गर्दा साउदीले एक वर्षको मात्र तलब दिएको र बाँकी सेवासुविधाबाट बञ्चित गरी आफूहरूलाई अवैधानिक रुपमा समेत राखेको उनीहरुले बताए ।

दैनिक रूपमा १८ घण्टासम्म काम गर्नुपर्ने, मानसिक यातना दिने र लामो समयसम्म काम गरेको तलब नदिएकाले आफूहरू दूतावाससँग सम्पर्क गरी दूतावासको सहयोगमा साउदीको घरबाट भागेर आएको बताए । उनीहरू ३ महिनादेखि दूतावास सेल्टरमा बस्दै आएका थिए । पीडित महिला अलग–अलग एजेन्टको सहयोगमा कुवेत पुगेका थिए । पीडित महिलालाई स्वदेश फिर्ताको लागि दूतावास रियादले बहिर्गमन भिसाको व्यवस्था समेत गरेको हो ।

पीडित हुनेमा मोरङ, झापा, नवलपरासी र दाङका रहेका छन् । उद्धार गरिएका चार महिलालाई स्वदेश फिर्ताको लागि आवश्यक पर्ने हवाई टिकट व्यवस्थाको लागि दूतावास रियादले भातृसंगठन एमाले प्रवासी नेपाली मञ्चलाई आग्रह गरेको थियो । संगठनका अध्यक्ष अमर श्रेष्ठलगायत सदस्यहरूको सहयोगमा हवाई टिकट उपलब्ध गराई सहयोग गरेका हुन् ।

उद्धार गरिएका चार नेपाली महिला यही आउँदो १० अगस्टका दिन हिमालयन एयरलाइन्सको उडानबाट स्वदेश फिर्ता हुने भएका छन् । बाणिज्य दूतावास जेद्दाले समेत पटक–पटक अवैधानिक रुपमा कार्यरत रहेका नेपाली महिलाको उद्दार गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here