ड्रोनमा चिनियाँ पार्टपुर्जा प्रयोग गर्न नपाईने , भारतले लगायो प्रतिबन्ध

0
42

एजेन्सी ।

सैन्य ड्रोनका निर्माताहरुलाई चिनियाँ पार्टस प्रयोग गर्न नपाउने भन्दै भारतले प्रतिबन्ध लगाएको छ ।

भारतले सैन्य ड्रोनका घरेलु निर्माताहरूलाई चिनियाँ समान प्रयोग गर्न प्रतिबन्ध लगाएको, रोयटर्सले जनाएको हो ।

ड्रोनको बनाउने बारे टेन्डर दिने वालाहरु सङ छलफल गर्न फेब्रुअरी र मार्चमा आयोजित दुई बैठकहरूमा, सम्भावित बोलीकर्ताहरूलाई सैन्य अधिकारीहरूले “भारतसँग भूमि सीमा साझेदारी गर्ने देशहरूका उपकरणहरू सुरक्षा कारणहरूले स्वीकार्य नहुने” बताएका थिए ।

विक्रेताहरूलाई कम्पोनेन्टको उत्पत्ति प्रकट गर्न भनिएको थियो, रिपोर्टले दावी गरेको छ । सुरक्षाको अवस्थालाई मध्य नजर राख्दै सैन्य प्रयोजनका लागि तयार पारिने ड्रोनमा चिनियाँ पार्टपुर्जा लगाउनमा भारतले प्रतिबन्ध लगाएको रोयटर्सले जनाएका छन् ।

चीन सङ तनावग्रस्त परिस्थिति सिर्जना भए सङै भारत विभिन्न चिनियाँ कम्पनी , प्रोजेक्ट , चिनियाँ मालसामानमा बिस्तारै नियन्त्रण गर्दै गएको भारतिय संचार माध्यमहरुले जनाउदै आएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here