भारतको दबाबपछि मात्रै सुन तस्कर पक्राउ परेको सांसद सुवालको दाबी

0
27

काठमाण्डौं ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको दबाबपछि मात्रै सय किलो सुन तस्करीमा संलग्नहरू पक्राउ परेको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २७ पटकसम्म सुन तस्करी हुँदा किन पक्राउ परेनन् भन्दै सरकारलाई प्रश्न गरे। ‘२७औँ पटकसम्म सुन तस्करी पक्राउमा किन परेन ? के तस्करीमा सरकारको संलग्नता छैन र?’ उनले भने, ‘सुन तस्करीबारे भारतीय पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएपछि मात्रै २८औँपटकमा पक्राउ परेको हो कि होइन? प्रधानमन्त्रीजीलाई पनि यसबारे संसदमा स्पष्ट पार्न लगाउन जरुरी छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here